माडीमा दुर्घटना बढदाे क्रममा

199
SwadeshPost

९ फागुन, चितवन । बिजुलीका सामान बोकी भरतपुरबाट माडीको बसन्तपुरतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको छ ।बिजुलीका सामानहरु बोकेको ना.७ त. २५५६ नम्बरको ट्याक्टर माडी – १ बरुवा बजार नजिकै, चिताही खोला छेउमा अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनाग्रस्त ट्याक्टर हाल बरुवा प्रहरी चौकीको नियन्त्रणमा रहेको छ ।

यसैबिच, मोटरसाईकलको ठक्करबाट माडी स्याउलीबासकी एक युवती घाइते भएकी छिन् । भरतपुरबाट किर्तनपुर जाँदै गरेको ना.३ प. ५२९९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्री, माडी-६ स्याउलीबास निवासी २१ वर्षिया विपना तामाङ घाइते हुनुभएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको हो । ठक्कर दिने मोटरसाईकल र चालक समेत प्रहरी नियन्त्रणमा रहेका छन् ।

SwadeshPost