प्रचण्ड-माधब समुह माडी नगर कमिटीले बसन्तपुरमा दिप प्रज्वलन

188
SwadeshPost

११ फागुन, चितवन । प्रचण्ड-माधब समुह माडी नगर कमिटीले सर्वोच्च अदालतकाे निर्णयले प्रतिनिधिसभा विघटन बदर गरी जनतालाई न्याय दिएको भन्दै माडीकाे बसन्तपुर शहीदचाेकमा दिप प्रज्वलन गरेको छ । शहीदचोक बसन्तपुरमा सर्वोच्च अदालतले ऐतिहासिक निर्णय गरी देशलाई दुर्घटना हुन बाट बचाएको भन्दै दिप प्रज्वलन गरेको हो ।

दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ठाकुर ढकालले अदालतको फैसला नेपाली जनताका लागि स्वागतयोग्य र जनताकाे जीत भएकाे बताउँनुभयो ।मंगलबार बसेको संवैधानिक इजलासले पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको थियो । सर्वोच्चको निर्णयनुसार बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा बिघटन गर्ने अधिकार नभएको बताइएको थियो । साथै फैसलाको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ ।

SwadeshPost