चितुवाको आक्रमणमा परि एकजना वृद्ध गम्भीर घाइते

173
SwadeshPost

१२ फागुन, चितवन । पर्साको ठोरी गाउँपालिका ५ बाघमोर्चमा गएराती चितुवाको आक्रमणमा परि एकजना वृद्ध गम्भीर घाइते भएका छन ।ठोरी गाउँ पालिका वार्ड नम्बर ५ का ६५ वर्षीय कुल बहादुर खत्री गम्भीर घाइते भएका हुन । खत्रीलाई गएराती करिब ९ बजेको समयमा घरभित्र बसिरहेको अवस्था पर्सा राष्ट्रिय निकुञ्जबाट आएको चितुवाले आक्रमण गरि घाइते बनाएको उनको भतिजा रन्जित कार्कीले जानकारी दिनुभयो ।

घाइतेको अहिले सुवर्णपुर स्थित स्थानीय क्लिनिकमा उपचार भैरहेको र मुख, हात र नाकमा २४ वटा टाका लागाइएकाे प्रहरी चौकी सुवर्णले जनाएको छ।साे निकुञ्ज
अन्तर्गत सुनाखरी मध्यवर्ती उपभोक्ता समितिले उपचार खर्च बापत ३००० रकम हस्तान्तरण गरेको हाम्रा सहकर्मी हेम चापागाईंले बताउँनुभयो ।

SwadeshPost