प्रधानमन्त्री केपी ओली पक्षीय नेकपाको अगुवा कार्यकर्ता भेला सम्पन्न

300
SwadeshPost

१५ फागुन, चितवन । प्रधानमन्त्री केपी ओली पक्षीय नेकपाको अगुवा कार्यकर्ता भेला शनिबार माडी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।भेलाले दुई विधामा समिति गठन गरेको छ । जस् अन्तर्गत अखिल नेपाल महिला महासंघ माडी नगर कमिटी संयोजकमा सीता तिमल्सिना रहनुभएको छ भने अखिल नेपाल किसान महासंघ संयोजक मधुराम चौधरी चयन हुनुभएको हो । सो समिति आगामी दिनहरुमा जनवर्गीय संगठनहरुलाई तिब्र रुपमा अगाडि बढाउँदै लैजाने बताएको छ ।

माडी नगर कमिटीका रेशम लाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा केन्द्रिय सदस्य हरी सापकोटा अतिथिहरुमा जिल्ला अध्यक्ष दिल कुमार रावल, पुरुषोतम न्यौपाने लगायतका नेता कार्यकर्ताहरूको उपस्थिती रहेको थियो ।

SwadeshPost