माडीका बुद्धिसागर सुवेदी गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

497
SwadeshPost

१६ फागुन, चितवन । हाल अमेरिकामा रहनुभएका माडी-५, ब्रह्मपुरीका सामाजिक अगुवा बुद्धिसागर सुवेदीले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

परिषद्को आसन्न निर्वाचन २०२१-२०२३ कार्यकालको लागि ५१ वर्षीय सुवेदीले अनलाईन भेलामार्फत विस्कन्सिनबाट अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नुभएको हो । गैर आवासीय नेपालीहरुको विश्वव्यापी संस्था एन.आर.एन.मा अमेरिकास्थित विस्कन्सन राज्य च्याप्टरको संस्थापक अध्यक्ष हुँदै सहभागी हुनुभएका सुवेदी हाल एनआरएनए एनसिसि अमेरिकाको वर्तमान उपाध्यक्ष पदमा रहनुभएको छ ।

सुवेदीले माडीको शैक्षिक, खेलकूद र सामाजिक क्षेत्रमा योगदान गर्नुका साथै नेपालमा विद्यालयदेखि क्याम्पस तहसम्म अध्यापन गर्नुभएको छ । एनआरएन अमेरिकाको सदस्यता वितरणका प्रमुख समेत रहनुभएका उहाँ माडीमा अयोध्या धाम निर्माणमा अग्रसर श्री´राम संस्थासंग समेत आवद्ध रहनुभएको छ ।

SwadeshPost