सहकारी संस्थाका पदाधिकारीहरु बिच अन्र्तक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

330
SwadeshPost

१७ फागुन, चितवन । माडी नगरपालिका भित्र रहेका सहकारी संस्थाका पदाधिकारीहरु बिच अन्र्तक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार बाट सुरु भएको कार्यक्रममा नगरपालिकाले तयार पारेको सहकारी नीति, ऐन नियमावली तथा दर्ता प्रक्रिया जस्ता विषयहरूमा प्रशिक्षण प्रदान गरीएको थियो । कार्यक्रमका सहभागिहरुलाइ भरतपुर महानगरपालिकाका शाखा प्रमुख रामबाबु पौडेलले प्रशिक्षण प्रदान गर्नुभएको हो ।

माडी नगरपालिकाका प्रशासकिय प्रमुख पुष्पराज ढकालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नगर उप प्रमुख तारा कुमारी काजी महतो लगाएत सहकारीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम भोलि १८ गतेसम्म जारी रहने जनाइएको छ ।यसैबिच माडी नगरपालिकाकै आयोजनामा माडीभित्र रहेका सहकारीका व्यवस्थापकहरु लाइ १९ र २० गते क्षमता अभिबृद्धि तालिम प्रदान गर्ने समेत जनाएको छ ।

SwadeshPost