शिक्षक टकबहादुर थपाको स्मृतिमा सोमबार शोकसभा सम्पन्न

392
SwadeshPost

चितवन । माडी माध्यमिक विद्यालयको आयोजनामा लामो समय देखि शैक्षिक योगदान पुर्‍याउनु भएका शिक्षक टकबहादुर थपाको स्मृतिमा सोमबार शोकसभा सम्पन्न भएको छ ।माडी माध्यमिक विद्यालय, बसन्तपुरमा १३ बर्ष र त्यसपछि निरन्तर जनजीवन माध्यमिक बिद्यालय, खरकट्टामा माध्यमिक तहको अंग्रेजी भाषा शिक्षण गरि महत्त्वपूर्ण शैक्षिक योगदान गर्नुभएका शिक्षक थापा पछिल्लो समय ठोरीमा निवृत्त जीवन बिताउँद‌ै आउनुभएको थियो ।

ठोरी क्षेत्रमा समेत शैक्षिक उन्नयनमा उल्लेखनीय योगदान पुर्‍याउनुभएका दिवंगत शिक्षक थापाकाे १६ गते आइतबार निधन भएकाे थियाे ।अत्यन्त कर्मठ र सम्मानित जीवन व्यतित गर्नुभएका दिवंगत शिक्षक थापाकाे जीवनी विद्यालयका शिक्षक तारानाथ चापागाईले प्रकाश पार्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक भूपेन्द्र पौडेलको अध्यक्षतामा साे सभा सम्पन्न भएकाे थियाे ।

SwadeshPost