तेह्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनकल्याण माध्यमिक विद्यालयलाइ

475
SwadeshPost

१७ फागुन, चितवन । माडीको बरुवामा सञ्चालित तेह्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनकल्याण माध्यमिक विद्यालयले उचालेको छ ।माडी नगरक्षेत्रका माध्यमिक तहका १० वटा विद्यालयहरुको सहभागिता रहको सो प्रतियोगितामा १३ स्वर्णसहित जनकल्याण मा.वि. कल्याणपुर प्रथम भएको हो । प्रतियोगितामा ७ स्वर्णसहित माडी माध्यमिक विद्यालय बसन्तपुर दोश्रो र ५ स्वर्णसहित सोमेश्वर माध्यमिक विद्यालय बरुवा तेश्रो भएका छन् । प्रतियोगितामा प्रथम हुन सफल जनकल्याणले १३ स्वर्ण, ४ रजत र ७ कास्य, दोश्रो भएको माडी मा.वि.ले ७ स्वर्ण, १० रजत र ७ काश्य तथा तेश्रो भएको सोमेश्वर मा.वि.ले ५ स्वर्ण, ११ रजत र ५ वटा काश्य पदक जितेका हुन् ।

त्यसैगरी, प्रतियोगितामा दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाले २ स्वर्ण र १ रजत तथा कृष्णनगर माध्यमिक विद्यालय कृष्णनगरले १ स्वर्ण, २ रजत र ४ काश्य जितेका छन् । खैरहनी मा.वि. खैरहनी, जनजीवन मा.वि. खरकट्टा र पिसल्याण्ड इङ्गलिस बोर्डिङ स्कुल बसन्तपुर भने १/१ काश्य पदकमै फर्किएका छन् । प्रतियोगितामा १८ बर्षसम्मका विद्यार्थीहरुले भलिबल, कबड्डी, मार्सल आर्टस् र एथलेटिक्सका विभिन्न खेलहरुमा सहभागिता जनाएका थिए ।

SwadeshPost