माडी १ मा डिप बोरिङ जडानको परियोजना सुरू

165
SwadeshPost

१८ फागुन, चितवन । माडी नगरपालिका वडा नं. १ को भंगता र लक्ष्मुनियाँ लगायतका ७ स्थानमा डिप बोरिङ जडानको परियोजना सुरू भएको छ ।संघीय सरकारको जलश्रोत तथा सिंचाई मन्त्रालयको सहकार्यमा डिप बोरिङ निर्माण कार्य सुरू गरिएको माडी १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । डिप बोरिङको निर्माणबाट वरपरको करीब ५० बिगाहा क्षेत्रमा भूमिगत सिंचाईको व्यवस्थापन भई कृषि उत्पादनमा बढोत्तरी हुने वडाध्यक्ष पौडेलले जनाउनुभयो ।

माडी नगरपालिका सबैजसो वडाहरू तथा कृषि शाखा समेतले डिप बोरिङ र साना सिंचाइमार्फत भूमिगत सिंचाईको कार्यक्रम प्राथमिकतामा राखेका छन् ।
नगरपालिकाले सिंचाई बर्ष मनाउँदै दर्जनौं भूमिगत सिंचाई परियोजनाहरू सम्पन्न गरिसकेको छ ।

SwadeshPost