महाशिवरात्री पर्वको अवसर खुल्ला नृत्य र भलिबल प्रतियोगिता हुने

280
SwadeshPost

१९ फागुन, चितवन । आउँदो महाशिवरात्री पर्वको अवसर पारी पूर्वी माडीको ग्रिनल्याण्ड युवा क्लबले खुल्ला नृत्य प्रतियोगिता र माडीस्तरीय पुरुष एवं महिला भलिबल च्याम्पीयनशीप आयोजना गरेको छ ।नेपालीहरुको महान पर्व शिवरात्रीको सन्दर्भमा आउँदो फागुन २७ गते कृष्णनगर माध्यमिक बिद्यालयको प्राङ्गणमा रमाइलो मेला, खुल्ला नृत्य र नगरस्तरीय पुरुष एवं महिला भलिबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सागर भण्डारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागितका लागि फागुन २६ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने आयोजकको सुचना छ । कार्यक्रमको मिडिया पार्टनर स्वदेश एफ.एम. रहेको छ ।

SwadeshPost