प्रधानमन्त्री हुने अवसर पाएमा जिम्मेवारी लिने:नेपाली कांग्रेसका सभापति देउवा

168
SwadeshPost

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले प्रधानमन्त्री हुने अवसर पाएमा जिम्मेवारी लिने बताउनुभएको छ ।

चितवनको लौरीघोलमा बुधबार सम्पन्न एक कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले यस्तो बताउनुभएको हो । ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन,’ देउवाले भन्नुभयो, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन ।’ आफूले प्रधानमन्त्री पद नमागेको तर प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने उहाँको भनाई थियो ।

SwadeshPost