विश्व वन्यजन्तु तथा सि.वि.ए.पि.यु. दिवसको अवसर सरसफाई कार्यक्रम

191
SwadeshPost

१९ फागुन, चितवन । विश्व वन्यजन्तु तथा सि.वि.ए.पि.यु. दिवसको अवसर पारी माडीको बनकट्टा गाउँस्थित रिउ खोला वरपर सरसफाई गरिएको छ ।पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति र समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण समूह गर्दीको आयोजनामा बुधवार रीउ खोला क्षेत्र सरसफाई गरिएको हो । युवाको आवश्यकता, वातवरण सधैं राख्नुपर्छ स्वच्छ भन्ने मूल नाराका साथ सम्पन्न सरसफाई कार्यक्रममा नेपाली सेना, निकुञ्ज प्रशासन, विओपी भङ्गेताका सशस्त्र प्रहरी र जनपथ प्रहरी लगायत स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।

बिहान ११ बजेसम्म संचालन भएको सरसफाई कार्यक्रममा सि.वि.ए.पि.यु. गर्दीका संयोजक राम बहादुर पोख्रेलको अध्यक्षतामा रहेको थियो भने प्रमुख अतिथिका रुपमा पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा (बासु) रहनुभएको थियो ।

SwadeshPost