मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

कला-साहित्य पोष्ट

महाशिवरात्री पर्वको अवसर पारी ‘लघुमहोत्सव’ मोडेलको शिवरात्री मेला

  • A
  • A+
  • A++

१८ फागुन, चितवन । माडीको बरुवा बजारस्थित स्टार खेल मैदानमा महाशिवरात्री पर्वको अवसर पारी ‘लघुमहोत्सव’ मोडेलको शिवरात्री मेला आयोजना गरिएको छ ।बरुवा थारु समुह र सुनगाभा बाल क्लबको आयोजनामा आउँदो फागुन २७ देखि २९ गतेसम्म त्रिदिवसीय महाशिवरात्री मेला, खेलकूद एवं साँस्कृतिक कार्यक्रम हुन लागेको हो । कोभिडका कारण कम भएको माडीको व्यबसायलाई बढाउँदै थारु संस्कृति र पर्यटन प्रवर्धनका लागि सो कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जनाइएको हो ।

विज्ञापन १

करीब ६० वटा स्टल रहने मेलामा ८ फिट अग्लो शिव मुर्ती, माडी स्तरीय भलिबल प्रतियोगिता, बृहत साँस्कृतिक कार्यक्रम र फुड फेस्टिबल लगायतका कार्यक्रमहरु रहने जनाइएको छ । मेलामा वयस्क प्रवेश शुल्क रु २० तथा विद्यार्थी र फरक क्षमता भएकाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य प्रवर्धकमा माडी नगरपालिका, सह-आयोजकमा स्टार स्पोर्टस् क्लब र बरुवा बजार टोल सुधार समिति तथा सहयोगी संस्थाहरुमा थारु कल्याणकारी सभा क्षेत्र नं. १ माडी र नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद् माडी रहेका छन् ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया