चितवन । सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गरेको छ ।
जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीको अनुरोध अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।
लामिछाने पक्राऊ पर्दा उहाँका समर्थकहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन समेत गर्नुभएको थियो । राज्यले आफूमाथि पूर्वाग्रह राखेको उहाँको आरोप थियो । आफूले कुनै अपराध नगरेको उहाँको जिकिर थियो ।