अपराध खबर पोष्ट

टिकटकबाट चिनजान गरी १३ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी, १९ वर्षीय युवक पक्राउ

चितवन, ०३ श्रावण २०८३ — टिकटकबाट चिनजान बनाई माडीका १३ वर्षीया एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

टिकटकमार्फत पीडित नाबालिकासंग बोलचाल र चिनजान बनाएका माडी ३, रेवा टोल निवासी १९ वर्षीय सरफराज मियाले बालिकालाई माडी नगरपालिका–१, बोटे टोल नजिकै मरठ खोलातर्फ बोलाई झाडीमा लगेर जबरजस्ती करणी गरेको आरोप लागेको हो ।

घटनापछि पीडित नाबालिकालाई घर नजिकै छोडेर आरोपित युवक फरार भएका थिए । घटनाबारे राति करिब ११ः३० बजे परिवारबाट प्रहरीलाई खबर भएसंगै हाल आरोपित युवकलाई पक्राउ एवं घटनाको अनुसन्धान अगाडि बढेको स्थानीयले बताएका छन् ।

पीडित बालिकालाई उपचारका लागि राति १ः३५ बजे भरतपुर अस्पताल रिफर गरिएको छ । हाल बालिकाको स्वास्थ्य अवस्था मध्यम रहेको र आफन्तको उपस्थितिमा उपचार भइरहेको बुझिएको छ । (सांकेतिक फोटो)

तपाईको प्रतिक्रिया

ताजा समाचार