चितवन खबर पोष्ट

माडी क्याम्पसमा बि.बि.ए. र बि.एड. प्रथम सेमेस्टर भर्ना साउन ८ सम्म, निःशुल्क होस्टेल सुविधा

चितवन, ०३ श्रावण २०८३ — बागमती विश्वविद्यालयअन्तर्गत सञ्चालित माडी क्याम्पसले स्नातक तह (बि.बि.ए. र बि.एड.) प्रथम सेमेस्टरका लागि भर्ना फाराम भर्ने म्याद साउन ८ गतेसम्म थप गरेको छ। यसअघि असार मसान्तसम्म तोकिएको आवेदन अवधि विश्वविद्यालयको नयाँ सूचनाअनुसार साउन ८ गतेसम्म कायम गरिएको हो।

दूरदराजका गाउँ तथा देशका विभिन्न स्थानबाट अध्ययनका लागि आउने विद्यार्थीलाई लक्षित गर्दै क्याम्पसले निःशुल्क छात्रबास (होस्टेल) को व्यवस्था गरेको छ। क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीका अनुसार क्यान्टिन सुविधा पनि उपलब्ध रहेको छ भने खानपानलाई समेत किफायती बनाउने योजना छ।

उहाँका अनुसार बि.बि.ए. कार्यक्रम नेपालमै तुलनात्मक रूपमा न्यून शुल्कमा अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ। सेमेस्टर प्रणालीमा सञ्चालन हुने क्याम्पसमा अनुभवी तथा दक्ष प्राध्यापकबाट अध्यापन गराइने, पुस्तकालय, स्मार्ट बोर्ड, प्रोजेक्टरलगायत प्रविधिमैत्री शिक्षण सामग्रीको प्रयोग गरी आधुनिक शिक्षण प्रणाली अपनाइएको क्याम्पसले जनाएको छ।

— — —

तपाईको प्रतिक्रिया

ताजा समाचार