थ्री एन्जल्सद्वारा माडीका विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन

141
SwadeshPost

मानव बेचबिखन निवारणको अभियान चलाइरहेको थ्री एन्जल्स नेपालले माडीका विद्यालयहरुमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको छ । साेमबार माडीको बसन्तपुरमा रहेको माडी माध्यमिक विद्यालय, पिसल्याण्ड अंग्रेजी विद्यालय र खैरहनीमा रहेको खैरहनी माध्यमिक विद्यालयमा स्कूल तहको सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।

मानव बेचबिखन विरुद्ध सचेतना सञ्चारका लागि विद्यालयहरुमा खेल, खोज तथा अनुसन्धान विधिको प्रयोग गरिएको संस्थाले जनाएको छ । ‘हाम्रो अभियान : सँगै जाअाैं सँगै सिकाअाैं’ भन्ने नारासहित सञ्चालित सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापकको अध्यक्षता तथा विद्यार्थीहरुसंगै शिक्षक, शिक्षिका र थ्रि एञ्जल्स नेपाल, चितवनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

SwadeshPost