निःशुल्क रेडियो पत्रकारिता तालिम सञ्चालन हुने

290
SwadeshPost

स्वदेश एफ.एम ९३.२ मेगाहर्ज र स्वस्तिक मिडिया नेटवर्कको आयोजनामा निःशुल्क रेडियो पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । आउँदो ज्येष्ठ ११ गते शनिबारदेखि १४ गतेसम्म सैद्धान्तिक एवं प्रयोगात्मक कक्षा सञ्चालन गर्ने र १५ गते स्टुडियो स्वराङ्कन गर्ने कार्यतालिका सहित तालिम आयोजना गरिएको हो ।

मुख्यतः दश जोड दुई तथा विद्यालय शिक्षा परीक्षा (एस.ई.ई.) परीक्षामा सहभागी भएका विद्यार्थीहरुका लागि पाँचदिने प्रयोगात्मक तालिम सञ्चालन हुन लागेको रेडियोका समाचार प्रमुख श्रृजा थापाले जनाउनुभयो । तालिममा आधारभूत रेडियो उद्घोषण र प्राविधिक पक्षसंगै रेडियोका लागि समाचार रिपोर्टिङ्गका बिषयमा नेपालका चर्चित एवं अग्रज रेडियोकर्मी र प्रशिक्षक पत्रकारहरुले सहजिकरण गर्नुहुने स्वस्तिक मिडियाका प्रवन्ध निर्देशक गोविन्द न्यौपानेले बताउनुभो । तालिमका उत्कृष्ट सहभागीहरुलाई स्वदेश एफ.एम., स्वदेश अनलाइन टि.भी. र स्वस्तिक मिडिया नेटवर्कमा रोजगारको अवसर समेत रहेको छ ।

स्वदेश एफ.एम.ले सामाजिक उत्तरदायित्व अन्तरगत स्थापनाकालदेखि नै निःशुल्क तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसअन्तरगत हालसम्म एक/एक वटा रेडियो उद्घोषण एवं पत्रकारिता तालिम, फोटोसप वर्कशप र भिडियोग्राफी तालिम सञ्चालन भइसकेको छ ।

SwadeshPost