दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा

185
SwadeshPost

यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार दशैंको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको हो । त्यसअघि मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, १८ गते शनिबार फूलपातीको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर ५२ मिनेटमा गराउँदा उत्तम हुने गौतमले जानकारी दिनुभयो । ८ बजेर ५२ मिनेटमा यात्रा गराइएको तुलजा भवानीको १० बजेर ५ मिनेटमा आशनमा राख्न उपयुक्त हुने उहाँले बताउनुभयो ।

टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा भए पनि टाढा पुग्नुपर्नेले भने छिटै टीका लगाउने गरेको पनि पाइन्छ ।

SwadeshPost