होम क्वारेन्टाइनमा रहेकाहरुको अनुगमन सहित स्वास्थ्य परीक्षण जारी

144
SwadeshPost

भारत लगायतका देशहरुबाट घर फर्कीएर माडीमा होम क्वारेन्टाइनमा रहेकाहरुको अनुगमन सहित स्वास्थ्य परीक्षण गरिएको छ ।

रोजगार र अन्य कामको सिलसिलामा प्रवासमा रहँदा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने भएकाले माडीमा करीब ४ दर्जन युवाहरु सुरक्षित तवरबाट होम क्वारेन्टाइनमा रहेका छन् । उनीहरुको घरमै पुगी स्वास्थ्य परीक्षण गर्ने सिलसिलामा आज बुधबार ६ जनाको स्वास्थ्य परीक्षण गरिएको माडी नगरपालिका जनस्वास्थ्य शाखाका प्रमुख जीवन श्रेष्ठले जनाउनुभयो । टोलीमा नगरप्रमुख ठाकुर प्रसाद ढकालसंगै माडी नगरस्तरीय कोरोना रोकथाम समन्वय समितिका सदस्य र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

यसैबिच, कोरोना पोजेटिभ देखिएकी १९ बर्षीया किशोरी आएकै कतार एअरवेजको चैत ४ गतेको विमानमा माडीका एक यात्री पनि संगै आएको भनी अनावश्यक हल्ला भएको छ । तर यथार्थ भने कतार एअरवेजको चैत ६ गतेको फरक उडानबाट माडीका सो यात्री आएको स्पष्ट भएको हो । यस बिषयमा दिनभर सामाजिक सञ्जालमार्फत माडीमा अनावश्यक अफवाह फैलिएको थियो ।

SwadeshPost

Leave a Reply