माडीको खरकट्टामा एकजना मृत अवस्थामा फेला

103
SwadeshPost

माडीको खरकट्टामा एकजना बृद्ध मृत अवस्थामा मकैबारीमा भेटिएका छन् । माडी नगरपालिका वडा नं. ८, खरकट्टा निवासी अन्दाजी ७० बर्षीय पान बहादुर सार्कीको शव दिउँसोपख भेटिएको हो ।

जनजीवन मा.वि. खरकट्टा र अयोध्यापुरी मध्यवर्ती होमस्टेको बिचमा रहेको मकैबारीमा शव भेटिएको वडाध्यक्ष कृष्ण अधिकारीले जानकारी दिनुभयो। शव रहेको स्थलमा प्रहरी पुगिसकेको र आवश्यक मुचुल्का उठाउने काम जारी रहेको उहाँले जनाउनुभयो । उच्च रक्तचापको बिरामी रहनुभएका मृतक सार्कीमा मादक पदार्थ सेवन गर्ने बानी रहेको परिवारश्रोतको भनाई छ । मृतकका परिवार र आफन्तहरु शव रहेको स्थलमा पुगिसकेका छन् ।

SwadeshPost