माडी नगरपालिकाद्वारा कृषकहरुलाई राहत : लागतको ५ प्रतिशतमा कृषि वीमा कार्यक्रम

230
SwadeshPost

चितवन । माडी नगरपालिका कृषि शाखाले नगरवासी कृषकहरुलाई मात्र ५ प्रतिशत लागतमा कृषि वीमाको कार्यक्रम ल्याएको छ ।

कृषि शाखाले चालू आर्थिक बर्ष २०७९/८० को स्वीकृत कार्यक्रम अन्तरगत कृषकले तिर्नुपर्ने कूल रकममा ८० प्रतिशत संघीय सरकारबाट अनुदान र १५ प्रतिशत माडी नगरपालिकाबाट अनुदान भई कृषकको भागमा मात्र ५ प्रतिशत व्ययभार हुनेगरी बाली वीमाको व्यवस्था गरेको हो ।

बालीनालीमा लाग्ने किरा, अतिबृष्टि, खडेरी, बाढी, पहिरो, आँधिबेहरी, असिना, तुषारो, सलह आदिको जोखिम बहनका लागि कृषि वीमा निकै उपयोगी हुने कृषि शाखा प्रमुख किरण उपाध्यायको भनाई छ ।

महंगिदै गएको कृषिकार्यबाट उचित प्रतिफल लिन नसक्ने अवस्थामा वीमा भुक्तानीबाट क्षतीपूर्ति मिल्ने भएकाले यस कार्यक्रममा सहभागी भई लाभ लिन उहाँले सबै कृषकहरुमा अनुरोध गर्नुभयो ।

SwadeshPost