चितवन खबर पोष्ट

प्रदेश युवा परिषद्को आयोजनामा माडीमा कफी मेकिङ (बारिस्ता) तालिम सञ्चालन हुँदै, २१ जना सहभागी

माडी, चितवन । पछिल्लो समय रोजगारी वा आयआर्जनको आकर्षक पेशागत क्षेत्र मानिएको कफी बनाउने (बारिस्ता) तालिम माडीमा सञ्चालन सुरु भएको छ ।

“सिर्जनशीलता र उघमशीलता प्रवर्द्धता, बागमतीमा युवा सशक्तीकरण” भन्ने नाराका साथ प्रदेश युवा परिषद्, बागमतीको आयोजना र माडी जेसिजको समन्वयमा माडी हट बेकरी एण्ड क्याफे, माडी–६, बसन्तपुरमा १ महिना अवधीको बारिस्ता तालिम सञ्चालन सुरु भएको हो ।

माडी भरीका १८ देखि ४० वर्ष समुहका युवाहरुलाई सिपयुक्त र उघमी बनाउने उद्देश्का साथ सञ्चालित सो तालिममा २१ जनाको सहभागिता रहेको माडी जेसीजका अध्यक्ष ईश्वर रानाभाट ले बताउनुभयो । तालिमको सोमबार माडी नगरप्रमुख ताराकुमारी काजी महतोले समुद्घाटन गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार