चितवन खबर पोष्ट

घाँसेमैदान व्यवस्थापनका लागि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र डढेलो लगाउँदै

२४ फागुन, माडी । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र डढेलो लगाउन थालेको छ । निकुञ्जभित्र घाँसेमैदान व्यवस्थापनका लागि भन्दै नियन्त्रित डढेलो लगाउने काम सुरु भएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका बताउनुभयो ।

निकुञ्जमा रहेको १० हजार हेक्टर क्षेत्रफल घाँसेमैदानमध्ये अहिले तीन सय हेक्टर क्षेत्रफल घाँसेमैदान व्यवस्थापन गरिएको छ । बजेट अभावका कारण सबै क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गर्न नसकिएको उहाँले बताउनुभयो । नियन्त्रित डढेलोबाट वन्यजन्तुले नखाने घाँस डढ्ने गर्दछ । घाँसेमैदानमा नियन्त्रित डढेलो लगाउँदा नयाँ र कलिलो घाँस पलाउने हुँदा जनावरलाई चरनका लागि सहज हुने उहाँले बताउनुभयो ।

डढेलो पछि उम्रने कलिला घाँसका कारण वन्यजन्तु बस्ती पस्न रोकिने सूचना अधिकारी थापामगरले बताउनुभयो । अनियन्त्रित रूपमा हुने डढेलो भने निकुञ्जले नियन्त्रण गर्ने गर्दछ । चर्को गर्मीसँगै निकुञ्जभित्र अनियन्त्रित डढेलो लाग्ने गर्दछ, जसले वन र वन्यजन्तुलाई क्षति पुर्‍याउने गर्दछ । क्षति कम गर्नका लागि नियन्त्रित डढेलो लगाइने गरिन्छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार