सन्दर्भ स्ववियु निर्वाचन : फर्जी भर्ना गरिएको भन्दै माडी क्याम्पस प्रशासनमा तालाबन्दी

२३ फागुन, माडी । भर्ना म्याद सकिएपछि पनि फर्जी विद्यार्थी भर्ना गरिएको भन्दै माडी क्याम्पसका चारवटा विद्यार्थी संगठनले बिरोध गर्दै क्याम्पस प्रशासन कक्षमा तालाबन्दी गरेका छन् ।

आउँदो स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनलाई लक्षित गरी वडा कार्यालयबाट गैरजिम्मेवार रुपमा विद्यार्थी भर्नाको सिफारिस बनाई निवार्चनलाई प्रभावित पार्ने उद्देश्यले अवैध रुपमा क्याम्पस प्रशासन र केही विद्यार्थी संगठनको मिलेमतोमा फर्जी विद्यार्थी भर्ना गरिएको भन्दै तत्काल यो कदम नसच्याए संयुक्त आन्दोलनमा उत्रने विद्यार्थी संगठनहरुले छुट्टाछ्ट्टै विज्ञप्ती जारी गरी क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीलाई बुझाई प्रशासनमा तालाबन्दी गरेका हुन् ।

बिरोधको वक्तव्य जारी गरेका संगठनहरुमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सूर्य भण्डारी, नेपाल विद्यार्थी संघका अध्यक्ष सुरज लामिछाने, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका अध्यक्ष मिरन दनुवार र संयुक्त विद्यार्थी संघका अध्यक्ष सुजन गुरुङ्ग रहनुभएको छ । वक्तव्यमा, माडी क्याम्पस प्रशासनलाई तत्काल फर्जी भर्ना सच्याउन अनुरोध गर्दै आन्दोलनको चेतावनी दिइएको छ ।

तपाईको प्रतिक्रिया