वन-वातावरण पोष्ट

पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष सापकोटालाई प्रधान सेनापति प्रशंसा तक्मा

माडी, चितवन । नेपाली सेनासंग समन्वय र सहकार्य गर्दै संरक्षणमा विशेष योगदान गरेको कदरस्वरुप पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, माडीका अध्यक्ष नारायणदत्त सापकोटा (बासु)ले प्रधान सेनापति प्रशंसा निशानको प्रशस्ति (तक्मा) पाउनुभएको छ ।

अध्यक्ष सापकोटालाई शिवरात्री पर्वका दिन नेपाली सेना दिवसका अवसर पारी काठमाडौंमा सो तक्मा पहिर्याइएको हो । नेपालमा मध्यवर्ती व्यवस्था लागु भएको अढाई दशकको अवधीमा पहिलोपटक मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षलाई सो सम्मान प्राप्त भएको हो ।

नेपाली सेनाको स्थायी ड्रोपिङ जोन प्राप्ति कार्यमा पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षका रुपमा सापकोटाले निर्वाह गर्नुभएको समन्वयकारी एवं सहजिकरणको भूमिकाको उच्च प्रशंसा गर्दै कदरस्वरुप COAD COMMENDATION BADGE (तक्मा) प्रदान गरिएको सेनाको प्रशस्ति पत्र (Citation) मा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार