माडी (स्थानीय) खबर पोष्ट

माडीको बसन्तपुरमा स्कुटर र ट्रयाक्टर ठोक्किँदा स्कुटरमा सवार दुई युवकहरु गम्भीर घाइते

चितवन । माडीको बसन्तपुर नयाँबजारमा स्कुटर र ट्रयाक्टर ठोक्किँदा स्कुटरमा सवार दुई युवकहरु गम्भीर घाइते भएका छन् ।

बघौंडाबाट बसन्तपुर आउँदै गरेको लु.४ त. १४९६ नम्बरको ट्रयाक्टरको गिटी लोड भएको ट्रेलरमा बागमती प्रदेश-०३ ००४ प ६५९७ नम्बरको स्कुटर ठोक्किँदा दुई युवकहरु सख्त घाइते भएका हुन् ।

घाइते युवकमध्ये एकजना माडी-६, बसन्तपुर गाउँ निवासी अन्दाजी बर्ष २८ का राजकिशोर महतो र अर्का डडेल्धुराका स्थायी बासिन्दा रही माडीको बरूवा बजारमा बेकरी पसलमा कार्यरत बर्ष १८ का नरेन्द्र अर्याल रहेका छन् ।

अर्यालको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते युवकद्वयलाई बघौंडा अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि एम्बुलेन्स मार्फत भरतपुर पठाइएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार