शनिबार, मङि्सर २२, २०८१
शनिबार, मङि्सर २२, २०८१

विचार-ब्लग पोष्ट

नेपाली छोरी, नेपालको गौरव देवी प्रतिभा ! (सन्तोष श्रेष्ठको ब्लग)

  • A
  • A+
  • A++

सायद संसारमा नै सवैभन्दा धेरै राजनीति घटना अनि सन्दर्भको विषयमा बहस हुने देश नेपाल होला । तर केही दिन अघि देखि पशुपतिनाथ क्षेत्रमा भएको कोटीहोममा भाग लिन आउनु भएकी देवी प्रतिभा नामले परिचित प्रतिभा पराजुलीले नेपाली राजनिति घटनालाई समेत ओझेलमा पारेर देश ब्यापी चर्चाको शिखरमा रहेकी छिन । चर्चाको शिखरमा हुनुको मुख्य कारण भनेको उनी सानै उमेर देखि अद्भुत प्रवचन क्षमता नै हो । र अर्को चर्चाको कारण भनेको अरुको उन्नती प्रगति देख्न नसक्ने हामी नेपालीको जन्मजात अद्भुत स्वभाव ।

विज्ञापन १

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० ज्वानेटारमा बुवा साधुराम पराजुली र माता इन्दिरा पराजुलीको कोखवाट वि.सं. २०५७ सालमा देवी प्रतिभा जन्म भएको थियो । कक्षा दुईमा पढदै गर्दा आफू अग्रेजी स्कुल नपढने र संस्कृत/भागवत् पढाउने स्कुल पढाउन वुवा संग जिद्दी गरिन । जस अनुसार वुवाले काठमाडौ हुदै भारतको बृन्दावन स्थित श्रीमद् दयानन्द कन्या गुरुकुल चोटीपुरा स्कुलमा भर्ना गरेकोमा प्रतिभाले एक वर्षको कोर्षलाई ६ महिनामै पूरा गरी १४ वर्षको कलिलो उमेरमा नै सर्वप्रथम त्यही भागवत गिताको कथा वाचन गरेको थिईन । यसरी सुरु भएको प्रवचन यात्रा भारतको महिला कथावाचनमा तेस्रो स्थानमा ओगट्न सफल प्रतिभाको समाजिक संजालको फेसबुकमा फलोअर्स २४ लाख र युट्युव च्यानलमा करिव १२ लाख सब्स्क्राइब छन् । यसरी देवी प्रतिभाको ख्याति पुरा भारतभर हिन्दुहरुको माझ भयो ।

विज्ञापन २

यसैक्रममा पशुपति मन्दिर परिसरमा साउन महिनाभरी मानवसेवा फाउण्डेसनले कोटीहोमको आयोजना गरिने कार्यक्रममा भारतवाट कथावाचिका देवी प्रतिभाको पनि प्रवचन हुने जानकारी सर्वजानिक भयो । त्यस वेला सम्म नेपालीहरुलाई देवी प्रतिभाको बारेमा धेरै जानकारी नभएको हुनु पर्छ । विस्तारै देवी प्रतिभा काभ्रेमा जन्मेको नेपाली नै हुन भने पछि नेपालीहरु जुरमुराउदै नेपालीको खुरापाती सुरु हुन थाल्यो । अव, समाजिक संजालनमा देवी प्रतिभाको एक पछि अर्को नकरात्मक/गलत टिकाटिपनी सुरु हुन थाल्यो । बडीगार्डको कालो ड्रेसवाट टिकाटिपनी सुरु भयो त्यस पछि साधुसन्तलाई किन वडीगार्ड चाहियो ? प्रवचनको पारिश्रमिक अरवौं रुपैया किन लिईयो ? २८ बर्ष उमेर भएर २४ बर्ष भनेर किन झुक्याईयो ? प्रवचनको क्रममा महिलालाई पतिब्रता किन हुनु पर्छ भनियो ? डिभोर्स भन्ने शब्द नै हिन्दु शास् noत्रमा छैन किन भनियो ? बाउन्सर राखेर किन धार्मिक प्रवचन दिईयो ? विवाह गरेर पनि किन विवाह गरेको छैन किन भनियो ? किन सेलिब्रेटी जस्तो धुमधडका गरेर किन हिडेको? नेपाली भएर नेपाली लवज किन भएन ? धार्मिक मान्छे किन वलिउडको हिरोनी जस्तो रुप किन भयो ? अझ नेपालको आफूलाई समाजिक अभियन्ता भन्ने पुण्य गौतम पाखण्डीले त श्रीमतभागवत महिलाले कथावाचन गर्नु नै हुदैन सम्म भन्न भ्यायो । धन्य, देवी प्रतिभाको पहिलाको गाउॅ

विज्ञापन ३

ब्वायफ्रेन्ड फलानो हो भनेन फोटो सर्वजानिक भएन । भारतमा यस्ता सयौं पटक कथावाचन गरेर हिड्ने प्रतिभाले यसरी कुनै पनि स्थानमा यस्तो आरोप र अपमानको सामना गर्नु परेको थिएन । तर दुर्भाग्य आफ्नै जन्मभूमिमा देवी प्रतिभाले मनगढ्न्ते आरोप सुन्ने पर्यो ।

मानौं प्रतिभा पराजुली नेपालमा तिनीहरुको अगाडी अडिसन दिन आई रहेकी छिन । नेपालमा आफूलाई ठुलो विद्वान ठान्नेहरुले प्रतिभाको विषयमा गरेका कुरा मनगडन्ते हावादारी हो भन्ने विस्तारै प्रष्ट हुंदैछ । तर त्यस्तो आफूलाई विद्वान ठान्नेहरु प्रतिभा पराजुलीको अगाडी पछाडी चपरासी गर्दै हिडिरहेको सायद सवैले देखेको हुनुपर्छ । भारतमा सामान्य भक्तजन देखि त्यहॅाको राजनेता सम्मले सम्मान आदर गरेर हेर्ने देवी प्रतिभा आज आफ्नै जन्मभुमि नेपालमा एउटा अपराधि जस्तो विवादै विवाद र प्रश्न नै प्रश्नको घेरामा उभ्याउनु सम्पुर्ण नेपालीको लागि नै लाजैमर्दो विषय हो । आफूले गरेको प्रगति, सफलता अनि प्रशिद्वतालाई उत्ससाहका साथ आफ्नो जन्मभुमिको माटोमा साथीसंगिनी संग साटसाट गरौंला भनेर आएकी चेली संग हामीले देखाउने यो ब्यवहार किमार्थ सभ्य छैन । भारतीय बाबाहरु नेपाल आउदा बाबाको लिङ्गमा गएर ढोग्ने, खुट्टाको धुलो चाटुला झैं गर्ने तिनीहरु आज त्यो भन्दा उपल्लो स्तरको नेपाली चेलीलाई स्वीकार्न किन गाह्रो भयो ? कि पोथी बासेको राम्रो होईन भन्ने रुढीवादी मानसिक्ताले अझै छोडेको छैन ? के देवी प्रतिभा काभ्रेको भिरपाखामा बाख्रा चराउनु पर्नेमा महिला भएर किन प्रवचन दिदै हिड्नु पर्यो भन्ने तिमीहरुको सोच हो ? कि देवी प्रतिभाको ख्याति स्वीकार गर्ने हिम्मत भएन ।

केही कमीकमजोरीहरु प्रतिभाको भए पनि प्रस्तुती समय सान्दर्भिक थिए । देवी प्रतिभालाई नेपालीवाट आरोप होईन मनोवलको कोसेली दिन जरुरी थियो । नकरात्मक टिकाटिप्पणी होईन हौसलाको बर्षा दिन जरुरी थियो । नेपालकी छोरी देवी प्रतिभा आफ्नो विलक्षण क्षमताको कारण भारत सरकारले नै सुरक्षा गार्ड दिएको छ । त्यसमा त हामी नेपाली नतमस्तक हुनु पर्ने होईन । यसमा के को चित्त दुखाई ? अर्को पटक आउदा दश जना होईन सय जना सम्म गार्ड लिएर आउने हाम्री छोरीले सामर्थ्य राखुन भनेर नेपालीले आशिस दिनु पर्ने होईन? धर्म प्रचारकले बडीगार्ड राख्न नहुने हो भन्ने केपी लगाएत नेपालको शिर्ष नेताहरुलाई होलीवाईन खुवाउने कोरीयन धर्म प्रचारक नेपाल आउदा सय जना भन्दा बडीगार्ड राख्नेको त कुनै प्रतिक्रिया नै भएन । एउटी नेपाली छोरीले सुरक्षाको कारण बडीगार्ड राख्दा चाही यत्रो हङ्गामा ?

देवी प्रतिभा लिएको पारिश्रमिकको विषयमा आयोजकले भोली हिसाव सर्वजानिक अवश्य गर्ने छ । त्यो दिन सम्म कुरे भैई हाल्यो नी । समय भन्दा अगाडी बोल्नुको कुनै अर्थ हुन्छ? यद्यपि अन्तराष्ट्रिय कथावाचिका खर्च अलि बढी हुनु स्वाभाविकै हो । विहे, उमेर, रुप, लवज आदि भनेको उनको अत्यन्त ब्यक्तिगत विषय हो । तथापी उनी एउटी सर्वजानिक ब्यक्ति भएको हैसियत थाहा पाउनु पर्छ भन्ने हो । के प्रतिभाले पुण्य गौतमको घरमा म यति बर्ष भयो भनेर नागरिता देखाउनु जानु पर्ने हो । बिहे गरेको हो भनेर फोटोलाई काटकुट गरेर बाहिर ल्याउन सक्नेले २८ बर्ष पुगेको नागरिकता प्रतिलिपी किन सर्वजानिक नगरेको ? धर्म प्रचारक साधुहरु बलिउडको हिरोनी भन्दा किन राम्री भएको ? यो कुनै प्रश्न हो ? यसरी एउटी आश लाग्दो नारीको चरित्र हत्या गर्नु हुदैन ।

प्रतिभाले धर्मको ब्याख्या गर्ने क्रममा हिन्दु धर्मशास्त्रमा डिभोर्स भन्ने शब्द नै नभएको त्यसैले हिन्दु नारीहरु पति वर्त हुनु पर्छ भन्नु उनको के गल्ती ? यदि गल्ती छ भने धर्मशास्त्र गल्ती हो भनेर भन्ने हिम्मत किन नगरेको ? सत्य वोल्ने प्रतिभालाई उफ्रिनुको केही औचित्य छैन । यति कुरा वुझ्न जरुरी छ की देवी प्रतिभा हिन्दु धर्मशास्त्रको ब्याख्याता मात्रै हो निर्माण कर्ता होईन । अनि प्रतिभा महिला अधिकारकर्मी र मानव अधिकारकर्मी पनि होईन ।

देवी प्रतिभा अध्ययनको नै क्रम भएकोले केही सामान्य कमीकमजोरी र त्रुटी हुनु स्वाभिकै हो । एउटी भखर्की युवती जीवनका आरोह-अवरोह पारगर्दै सिक्ने क्रममा नै छिन । सिक्ने क्रममा नै हो कमजोरी हुने, कमजोरी बाट नै गहिरो अनुभव संगाल्ने हो । प्रतिभा हिन्दु दर्शन अध्ययन अनि प्रवचनमा मात्र विशेष केन्द्रित छिन । बाहिरी बौद्विकता र ब्यवहारिक अध्ययनको अझै अध्ययन गर्ने क्रममै छिन । नेपालकी छोरी भएको हैसियतले हामीले सुझावको रुपमा केही कमीकमजोरीलाई औलाएर सुधारको लागि भन्नसक्ने केही ठाउँ र अवस्था हुन्थ्यो, तर हामीले भन्न हुने नहुने तिललाई पहाड बनाएर सवै देवी प्रतिभालाई चढाई सक्यौं । तर जुन प्रकारले प्रतिभा पराजुलीलाई अपमानजन शब्दहरु आफ्नै जन्मभुमिमा प्रयोग भयो त्यो अत्यन्त खेदजनक छ ।

भारतियहरुलाई समेत प्रवचनको माध्यमवाट मन्त्रमुग्द बनाउन सक्ने पहिलो नेपाली हो । भारत जस्तो विशाल देशमा सानै उमेरमा आफ्नो पहिचान बनाउन सफल हुनु यो सामान्य कुरा होईन । नेपाली माटोकी एक अन्तर्राष्ट्रिय ख्याति प्राप्त चेली भएकोले प्रत्येक नेपालीको गर्वको विषय हो यो । अन्तराष्ट्रिय वाचिका रुपमा संसारले उनलाई स्वीकार गरेको छ त्यो भन्दा ठुलो नेपालीहरुको लागि अर्को गौरव के हुन सक्छ ? हामी हाम्री छोरीलाई खुशी साथ विदाई नगरेर रुवाएर विदा गरियो, तर त्यसको बदलामा हाम्री चोलीले अपार राष्ट्रप्रेम भाव प्रस्तुत गर्दै त्रिभुवन विमान स्थालमा आफ्नो जन्मभुमिको माटोलाई ढोकेर विदा भईन । यो भन्दा हृदयबिदारक अरु के हुन सक्छ ? वास्तवमा प्रतिभा २१औ शताब्दीमा नेपाल आमाले हामीलाई दिएको अनुपम उपहार हो भनेर सवै नेपालीले गर्व गरौं । विश्व स्तरमा उदाई रहेकी गौरवशाली प्रतिभाशालि नेपाली आमाको सन्तानलाई नेपालीले नै बाटो छेक्ने तुछ काम बन्द गरौं ।

तपाईको प्रतिक्रिया