चितवन खबर पोष्ट

मध्यवर्ती समितिको निर्वाचन भए प्रतिकारको चेतावनी दिएको दबाब समूह देखापरेन फिल्डमा

८ चैत, माडी । ‘यथास्थितिमै मध्यवर्ती उपभोक्ता समितिहरुको निर्वाचन अघि बढाए प्रतिकार गर्ने’ चेतावनी दिएको समृद्धिका लागि युवा अभियान माडी नामको दबाब समूहले पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको निर्वाचन हुँदैगर्दा कुनै रोकतोक वा प्रतिकार गरेको देखिएन ।

अभियानसम्वद्ध एक अभियन्ता समेत रहनुभएका रास्वपाका अगुवा युवा नेता कृष्ण पौडेलले दलीय प्रतिनिधिको हैसियतमा मतदान स्थलमा उभिएर निर्वाचन स्थगनका लागि आवाज उठान गरेबाहेक अरु कोहि पनि अभियन्ता त्यहाँ देखा परेनन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बिरोध जनाउने र चुनाब भए प्रतिकार गर्ने चेतावनी दिनेगरेका अभियन्ताहरु फिल्डमा देखा नपर्दा निर्वाचन प्रक्रिया शान्तिपूर्ण रुपमा अगाडि बढेको देखिएको थियो ।

अभियानले, ’हाल कायम वन ऐन तथा मध्यवर्ती क्षेत्र व्यवस्थासम्बन्धी नीतिहरूका कारण माडीको समग्र विकासमा अवरोध सिर्जना भइरहेको अवस्थामा निर्वाचन गराउन नहुने’ अडान दोहोर्याउँदै आएको थियो ।

अभियानले ’माडीभित्र रहेका सम्पूर्ण राजनीतिक दल, स्थानीय सरकार, बुद्धिजीवी तथा आम नागरिकलाई उक्त निर्वाचन सशक्त रूपमा बहिष्कार गर्न’ आह्वान समेत दोहोर्याएको थियो । अभियानको दबाब र माडीको सर्बदलिय निर्णयका कारण पछिल्ला केहि महिनादेखि निर्वाचन प्रक्रिया रोकिएको पनि थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार