८ चैत, माडी । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको सम्पन्न निर्वाचनबाट अध्यक्षमा राजकुमार (राजु) पाठक चयन हुनुभएको छ। निर्वाचन परिणाम अनुसार उपाध्यक्षमा मनबहादुर बिक, सचिवमा खेम लामिछाने र कोषाध्यक्षमा शिव प्रसाद पौडेल चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा बिष्णुदेवी महतो, सबिता बोट, रामअवतार महतो, बिक्रम महतो र कृष्ण प्रसाद घिमिरे चयन हुनुभएको छ । समितिको पदाधिकारी चयनका लागि भएको निर्वाचनमा अध्यक्ष सहित सबै पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ। निर्वाचित सबैको सपथ ग्रहण समेत भएको छ ।
नव-निर्वाचित अध्यक्ष पाठकले स्थानीय समुदायको हित, संरक्षण तथा विकासका कामलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नवनिर्वाचित कार्यसमितिमा पुगेका ९ मध्ये ६ जना (दुई तिहाइ) नेपाली कम्युनिष्ट पार्टी निकट रहेको र अन्य ३ जना फरक दलनिकट रहेको बुझिएको छ।

रास्वपाले निर्वाचन रोक्न जोड गरेको र त्यसका लागि वक्तव्य समेत जारी गरेको अवस्थामा पनि इकाईस्तरमा मतदान समेत भइ उपभोक्ता समितिको नयाँ कार्यसमिति गठन भएसंगै अन्य समितिहरूको समेत निर्वाचन अगाडि बढ्ने अवस्था बनेको छ ।



