५ चैत्र, माडी । चितवन–३ बाट प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी रेनु दाहालले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुभएको छ। नेकपाबाट उम्मेदवार रहनुभएका दाहालका निर्वाचन प्रतिनिधि अधिवक्ता गोपिलाल देवकोटामार्फत बुझाइएको विवरणमा कुल १४ लाख ६६ हजार ७ सय रुपैयाँ खर्च भएको उल्लेख रहेको छ।
दाहालले सार्वजनिक गरेको खर्च विवरणअनुसार मनोनयन दर्तामा ५ हजार, प्रचारप्रसार सामग्रीमा १ लाख १३ हजार ५ सय, मतदाता अनुशिक्षणमा ९० हजार, मतदान प्रतिनिधि अनुशिक्षणमा १ लाख ३० हजार, नमुना मतपत्र छपाइमा १ लाख ३६ हजार, झण्डा, ब्यानर तथा पम्प्लेटमा १ लाख ४१ हजार, वडा स्तरीय प्रचारप्रसारमा २ लाख ८० हजार, सवारी साधनमा ३ लाख, सञ्चार माध्यम तथा माइकिङमा २ लाख १८ हजार र विविध शीर्षकमा ५३ हजार २ सय रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
यसअघि यसै क्षेत्रबाट निर्वाचित सोबिता गौतम ले ९ लाख ९३ हजार ४५ रुपैयाँ चुनावी खर्च विवरण बुझाउनुभएको थियो । त्यस्तै, नेपाली कांग्रेसबाट चितवन-३ का प्रत्यासी टेकप्रसाद गुरुङले प्रतिनिधिसभा निर्वाचनमा कूल १५ लाख ७४ हजार खर्च भएको विवरण बुझाउनुभएको थियो ।




