चितवन खबर पोष्ट

जनतासँग जनप्रतिनिधि आरोग्य कार्यक्रम : हनुमानझुलामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

६ चैत्र, माडी । “जनतासँग जनप्रतिनिधि आरोग्य कार्यक्रम” अन्तर्गत माडी नगरपालिका-९, हनुमानझुलामा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ।

माडी नगरपालिका र आयुर्वेद तथा बैंकल्पिक चिकित्सालय, रत्ननगरको संयुक्त आयोजनामा सञ्चालन भएको सो शिविरमा विशेषज्ञ चिकित्सकबाट पायल्स, फिसर, फिस्टुला लगायतका रोगहरूको परीक्षण र उपचार गरिएको थियो।कार्यक्रममा कुल २०१ जना बिरामीले सेवा लिएका थिए, जसमा १४० जना महिला र ६१ जना पुरुष रहेका छन् ।

वडा अध्यक्ष घनश्याम दवाडीको अध्यक्षता र नगर स्वास्थ्य शाखा प्रमुख राममणि घिमिरेको अनुगमनमा सम्पन्न कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरका चिकित्सक डा. मदन भण्डारी, डा. सुमन खनाल, डा. निलम काप्ले र माडी आयुर्वेद औषधालयबाट वैद्य निरीक्षक शोभाकर दवाडी एवं कबिराज निरीक्षक डोलराज पौडेलले स्वास्थ्य परीक्षण र उपचार सेवा प्रदान गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया