चितवन खबर पोष्ट

नेकपा (एकीकृत समाजवादी) चितवनका नेताहरूको एक समूह पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश

माडी, चितवन । नेकपा (एकीकृत समाजवादी)का प्रदेश तहका नेता रहनुभएको कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा एक समूह पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेको छ ।

नेता लब्लीसंगै एकीकृत समाजवादी चितवनका जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर रानामगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

नवप्रवेशी नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, चितवन इन्चार्ज घनश्याम दाहाल अविनाश, जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी लगायतका नेताहरूले खादा, माला र अविर लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

त्यस क्रममा माओवादी अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताउनुभयो । अहिले देशैभरी माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको जिकिर गर्नुभयो ।

सरकारमा रहेर थालिएको सुधारको नयाँ थालनी तथा सरकारबाट हटेपछि सदन र सडकमा विपक्षी मोर्चाको तर्फबाट देश र जनताको पक्षमा लिइएको पहलकदमीले जनतामा नयाँ आशाको जागृत हुँदै गरेको उहाँको भनाई थियो । आफूहरु एकीकृत समाजवादीसँग समाजवादी मोर्चा र बिपक्षी मोर्चामा रहेर सहकार्य गरिरहेको उल्लेख गर्दै उहाँले यो प्रवेश र ध्रुवीकरणले दुई पार्टीबिच कुनै असर नपार्ने दाबी समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार