खेल र खेलाडी पोष्ट

आठौं वातासिनो माडी क्रिकेट कपको ट्राइसिट सार्वजनिक, उद्घाटन खेलमा रत्ननगर र इप्लानेट भिँड्ने

माडी, चितवन । बसन्तपुर युथ क्लबको आयोजनामा सञ्चालन हुन लागेको आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता-२०८१ को ट्राइसिट (खेल तालिका) सार्वजनिक भएको छ ।

प्रतियोगिताको समुद्घाटन सहित पहिलो खेल माघ २६ गते खेल हुने तालिका बनेको छ । सो दिन रत्ननगर क्रिकेट रत्ननगर क्लब र इप्लानेट क्रिकेट क्लब भरतपुरबिच उद्घाटन खेल हुने खेल संयोजक सन्देश पौडेलले बताउनुभयो ।

यसैबिच, नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले माडीको बसन्तपुरमा आयोजित आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता-२०८१ को समुद्घाटन गर्नुहुने भएको छ ।

खड्कालाई माडीका स्काउट ट्रुप, युवा समूह, महिला तथा विद्यार्थी समूह र क्रिकेटप्रेमी दर्शकहरुले भव्य स्वागत गर्ने कार्यक्रम रहेको प्रतियोगिताको आयोजक बसन्तपुर युथ क्लबका अध्यक्ष पदम विलाश पन्तले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार