कला-साहित्य पोष्ट

श्रावण तेश्रो साता माडीमा मञ्चन हुन लागेको नाटक मुनामदनको प्रचारप्रसार र तयारी तीब्र

माडी, चितवन । आउँदो श्रावण तेश्रो साता माडीमा मञ्चन हुन लागेको नाटक मुनामदनको प्रचारप्रसार र तयारी तीब्र पारिएको छ । माडी रङ्गमञ्चको सहकार्यमा पोखरा थिएटरले श्रावण १८ र १९ गते बसन्तपुरस्थित होटल प्याराडाइजको एसी हलमा सो नाटक मञ्चन गर्न लागेको हो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी खण्डकाव्य ‘मुनामदन’मा आधारित सो नाटक हेर्न आतुर भई सामाजिक सञ्जालमा स्वतस्फूर्त पोष्ट गर्नेहरु सयौंको संख्यामा देखिएका छन् । यसबाहेक संस्थागत र व्यक्तिगत रुपमा पूर्व टिकट बुकिङ गर्ने क्रम पनि उच्च रहेको छ ।

पोखरामा दुई चरणसम्म सफल मञ्चन भइसकेको सो शैक्षिक नाटक माडीका विद्यार्थी वर्गसंगै स्थानीय कलाकर्मी, आमा समूह, युवा क्लब, शिक्षक समुदाय, साहित्यिक समूह, जनप्रतिनिधि एवं सर्वसाधारणलाई लक्षित गरी प्रदर्शन गर्न लागिएको माडीका नाट्य कलाकार सुमन तिमिल्सिनाले बताउनुभयो ।

नाटकको नाट्य रुपान्तरण तथा निर्देशन नाट्यकर्मी मोती वहादुर कार्की (परिवर्तन)ले गर्नुभएको हो । उच्चस्तरीय लाइट्स र सेटमा मञ्चन हुने नाटकको साधारण टिकट दर ३०० तथा विद्यार्थीहरूका लागि २५० रुपैंया तोकिएको छ । नाटकमा माडीका नाट्य कलाकारहरुको समेत अभिनय रहँदैछ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार