कला-साहित्य पोष्ट

माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूद्वारा पद तथा गोपनियताको सपथ ग्रहण (भिडियो सहित)

माडी, चितवन — माडी नगरपालिकामा हालै गठित माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा नगर प्राज्ञ सभा सदस्यहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

नगर कार्यपालिकाको सभाहलमा विहीबार बिहान आयोजित एक कार्यक्रमबिच माडी नगरप्रमुख ताराकुमारी काजी महतोले प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटा, उपाध्यक्ष चन्द्रमणि महतो (सि.एम. अपील चितौने) र सचिव प्रविण भण्डारी (सन्नाटा मन)लाई सपथ ग्रहण गराउनुभयो ।

त्यसपछि अध्यक्ष सापकोटाले नगर प्राज्ञ सभा सदस्यहरु प्रेमकुमार बिष्ट, हिरामती महतो, नारायण दुवे, सुमन तिमिल्सिना, सत्यप्रकाश पौडेल, अञ्जु तामाङ, ईन्द्रदेवी महतो, बिपिन पाठक, सुदर्शन सुवेदी, पार्वती बि.क. र श्याम दुरालाई पद तथा गोपनियताको सपथ गराउनुभयो ।

बिहीबारको सपथग्रहण समारोहमा नगर प्राज्ञ सभा सदस्य सुर्य के.सी. मध्यरात र ईन्दिरा दाहाल भने अनुपस्थित रहनुभयो । माडी प्रज्ञा प्रतिष्ठान ऐन, २०८१ बमोजिम ४ बर्षे कार्यकाल रहेको १७ सदस्यीय प्राज्ञ सभा गठन भएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार