

माडी, चितवन — माडीको छरछरे गाउँ निवासी रक्तक्यान्सर पीडित कृष्णमाया सुनारको बि.क.को उपचार सहयोगार्थ भारत झारखण्डको प्रहरीमा कार्यरत माडीका युवाहरुले ३४ हजार ४४० रुपैंया सहयोग गरेका छन् । युवाहरुले सामुहिक रूपमा सहयोग संकलन गरी २१ हजार ५२५ भारतीय रुपैंया (नेपाली रुपैंया ३४ हजार ४४०) स्वदेश एफ.एम.मार्फत बिरामीको परिवारलाई हस्तान्तरण गरेका हुन् ।
झारखण्ड प्रहरी सेवामा कार्यरत माडी खैरहनीका युवा गोविन्द पाण्डेको पहलमा कृष्ण गौतम, उमेश श्रेष्ठ, जीवन घिमिरे, विकास पौडेल, ऋषिराम पौडेल, यमबहादुर परियार, बिक्रम थापा, मित्रलाल पौडेल, नारायण पौडेल, ऋषिराम भट्टराई, कृष्णराज भण्डारी, विकास थापा, दीपेन्द्र पौडेल, बिनोद के.सी., शालिकराम परियार, पिताम्बर सापकोटा, आयान्स पौडेल, तिलचन भुर्तेल, लक्ष्य पौडेल, शुरेस पौडेल र केशवसिंह अधिकारी समेतले सामुहिक सहयोग गरी सो सहयोग राशी संकलन गर्नुभएको हो ।

संकलित रकम आइतबार एफ.एम.को कार्यालयमा सहयोगदाता युवाहरुका प्रतिनिधिका रुपमा ऋषिराम भट्टराई र प्रहरी परिवार सदस्य गोपाल श्रेष्ठले बिरामीका परिवार सदस्य अनुष्का विश्वकर्मालाई हस्तान्तरण गर्नुभयो ।

कृष्णमायाको हाल त्रि.वि.वि. शिक्षण अस्पताल, काठमाडौंमा उपचार जारी रहेको छ । पहिलो चरणको ब्ल्ड क्यान्सर भएकाले उपचार गर्नसके निको हुने भएपनि आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले यथासक्य सहयोग गरिदिन कृष्णमायाको परिवारले अनुरोध गरेको छ ।