प्रवास खबर पोष्ट

माडीका युवा उद्यमी लम्साल र युवा समाजसेवी दवाडीलाई भुटानबाट अन्तर्राष्ट्रिय सम्मान

माडी, चितवन । माडीका युवा अगुवा एवं उद्यमी रामचन्द्र लम्साल एवं भरतपुरका युवा समाजसेवी अञ्जन दवाडीले छिमेकी देश भुटानबाट 2nd International Achievers Award 2025 Bhutan नामको अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ ।

युवा सशक्तिकरणमा उत्कृष्ट योगदानको लागि माडीका सामाजिक अभियन्ता लम्साललाई Best Contribution in Youth Empowerment विधामा तथा सामाजिक कार्यमा विशेष योगदानका लागि भरतपुरका युवा समाजसेवी दवाडीलाई Best Contribution in Social Activities श्रेणीमा सम्मानित गरिएको हो।

जिल्ला युवा समिति चितवनका अध्यक्ष तथा “समृद्धिका लागि युवा अभियान माडी” का अगुवा अभियन्ता समेत रहनुभएका सम्मानित व्यक्तित्व लम्सालले युवाहरूको नेतृत्व विकास, सिपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जना जस्ता क्षेत्रमा विशेष याेगदान गर्नुभएको छ।

त्यस्तै, भरतपुर महानगर युवा सञ्जालका अध्यक्ष र ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय महासचिव समेत रहनुभएका दवाडीले रक्तदानको क्षेत्रसंगै सामाजिक परिवर्तन र युवालाई सामाजिक उत्तरदायित्वप्रति जिम्मेवार बनाउने कार्यमा प्रभावशाली भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार