चितवन खबर पोष्ट

‘वडाध्यक्षहरुको शैक्षिक योग्यता कम भएपनि कार्यसम्पादन ९० देखि ९७ प्रतिशतसम्म’: मेयर महतो

माडी, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले वर्तमान वडाध्यक्षहरुको शैक्षिक योग्यता कम भएपनि कार्यसम्पादन ९० देखि ९७ प्रतिशतसम्म रहेको औंल्याउनुभएको छ ।

माडी नगरपालिकाको सभाहलमा वुधबार (आज) आयोजित पत्रकार भेटघाट कार्यक्रममा माडीका मिडियाकर्मीहरुसंग खुलेर अन्तरसम्वाद गर्ने क्रममा नगरप्रमुख महतोले वडाध्यक्षहरुको योग्यतामाथि प्रश्न गर्नुभन्दा कार्यसम्पादनको मुल्यांकन हेर्न अनुरोध गर्नुभएको हो ।

‘चियापसल वा सार्वजनिक ठाउँमा कोहिकोहिले गफ गर्दै अहिलेका जनप्रतिनिधिहरु कमजोर रहेको भन्दै टिकाटिप्पणी गर्ने गरेको’ सुनेको भन्दै उहाँले त्यसलाई खारेज गर्नुभएको हो ।

https://www.facebook.com/reel/1293085798950720

पालिकाको हालको नेतृत्वले पुँजीगत खर्च बढाएर चालु खर्च घटाइरहेको र चालू आर्थिक बर्षको बजेटमा चालु खर्चको बजेट नै घटाएको औंल्याउँदै नगरप्रमुख महतोले जहिल्यै नगरबारे नकारात्मक कुरा आउँदा काम गर्ने जोशजाँगर र उर्जा घट्ने बताउनुभयो ।

अर्को एक प्रसंगमा बोल्दै उहाँले ५५औं कार्यपालिका बैठक बस्न माडी–१ बाल्मिकी आश्रममा जाँदा परिस्थितिवश भरतपुरबाट केहि पत्रकार लगेको भएपनि त्यो नियोजित नरहेको र त्यसबेला माडीका सञ्चारकर्मीहरुलाई छुटाउने कुनै मनसाय नरहेको, साथै आगामी दिनमा स्थानीय मिडियाकर्मीहरुसंग सहकार्य बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार