माडी, चितवन । नेकपा (एकीकृत समाजवादी) माडीका नेता नारदमणि पौडेल सो पार्टीको केन्द्रीय सदस्य मनोनित हुनुभएको छ ।
यसअघि सो पार्टीको बागमती प्रदेश कमिटि सदस्य रहनुभएका नेता पौडेललाई पार्टीको केन्द्रीय समिति सचिवालय बैठकले केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेको थियो । बुधबार सुरू भएको केन्द्रीय कमिटी बैठकले सचिवालयको निर्णयलाई अनुमोदन गर्दै नेता पौडेललाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।

बैठकले बामदेव गौतमसंगै पार्टी एकीकरण प्रक्रियामा आएका र अन्य विभिन्न समयमा पार्टी प्रवेश गरेका वा पहिलो छुट भएकासहित ८१ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको थियो । योसंगै एकीकृत समाजवादीको केन्द्रीय समितिको आकार ४२० जना पुगेको छ ।


