चितवन खबर पोष्ट

माडी-१, बनकट्टास्थित रिउ खोलाको किनारमा एक जना वृद्ध मृत अवस्थामा फेला

१५ कार्तिक, माडी । माडी नगरपालिका–१, बनकट्टास्थित रिउ खोलाको किनारमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । पाण्डवनगर निवासी ६५ वर्षीया बुद्धिराम बोट शनिबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

प्रहरीका अनुसार बोटको शव खोलाको किनारको दलदलमा घोप्टो परेको अवस्थामा फेला परेको हो । उनी शुक्रबार दिउँसो करिब १ बजे ‘घुँगी खोज्न जान्छु’ भन्दै घरबाट निस्केका थिए । बेलुका सम्म घर नफर्केपछि परिवारजनले प्रहरी चौकी बरुवामा जानकारी गराएका थिए ।

खबर प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक अर्जुन घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा बोटको शव रिउ खोलामा फेला पारेको हो । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार