पर्यटन खबर पोष्ट

माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोला पुल सौन्दर्यकरण गरिएसंगै आकर्षक देखिंदै

२५ कार्तिक, माडी । माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोला पुलको रेलिङ सौन्दर्यकरण गरिएसंगै आकर्षक देखिएको छ । पुलको रेलिङमाथि फलामे पाइप मोडलिङ गरी त्यसमाथि रंगीन एल.इ.डी. रोपलाइट बेरेर बाल्ने गरिएसंगै मुख्यतः रातीको समयमा आकर्षण थपिएको हो ।

भरतपुर माडी ठोरी हुलाकी सडकमा रहेको सो पुल हुँदै मुख्यतः रातको समयमा यात्रा गर्नेहरु रोकिएर फोटो भिडियो खिँच्ने र टिकटक बनाउने गरेका देखिन्छन् ।

माडी ६ र ७ को सीमास्थित सो पुललाई स्थानीय युवाहरुले ‘मितेरी पुल’ नामाकरण गरेका छन् । ‘पुल सिंगार्न वडा नं. ७ ले अघिल्ला आर्थिक बर्षमा रेलिङ र रोपलाइट जडान गरेको’ वडाध्यक्ष चन्द्रकुमारी बानियाँले जानकारी दिनुभयो ।

अब, चालू आर्थिक बर्षमा माडी ६ वडा कार्यालयले ‘पुलको छेउमा खुला व्यायामशाला निर्माण गर्ने र पुलको वरपर सुरक्षाका निम्ति सिसिटिभी जडान गर्ने’ वडाध्यक्ष दीपेन्द्रराज पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार