चितवन खबर पोष्ट

माडी नगरपालिकाले पुराना घर तथा भवनहरू पाैष महिनाभित्र अनिवार्य अभिलेखीकरण गर्न आग्रह

३० कार्तिक, माडी । माडी नगरपालिकाले पुराना घर तथा भवनहरू अनिवार्यरूपमा अभिलेखीकरण गर्न आग्रह गर्दै (पुनः) सूचना प्रकाशन गरेको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आउँदो पुराना घर भवनहरुलाई पौष मसान्तभित्र वडा वा पालिकामा अभिलेखिकरण गर्न आग्रह गरेको हो ।

पुराना घर भवनहरु अभिलेखिकरण नगर्ने घर धनीको घर कुनै कारणवश क्षती हुन गए सो बापत कुनै राहत वा क्षतीपूर्तिको सुबिधा उपलब्ध नगराइने सूचनामा उल्लेख रहेको छ ।

त्यस्तै, नयाँ भवन निर्माण गर्दा पालिकाबाट अनिवार्य रुपमा नक्सा पास गर्न पनि अनुरोध गरिएको छ । नक्सा पास नगरी घर, भवन वा अन्य कुनै संरचना निर्माण गरे तत्काल रोक्का गर्न वडा कार्यालयहरुलाई पत्राचार गरिएको पालिकाको सूचनामा जनाइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र माडी नगरपालिकाको घर नक्सा भवन अभिलेखिकरण कार्यविधि २०८२ बमोजिम नक्सा पासबिनै निर्माण कार्य अघि बढाउनु कानुनविपरीत हुने भन्दै नगरपालिका कार्यालयले सार्वजनिक सूचना जारी गरेको बताएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार