२८ मंसिर, माडी । माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक (अवधीको) सार्वजनिक सुनुवाइ कार्यक्रम माडी-८ वडा कार्यालय प्राङ्गण खरकट्टामा पाैष १ गते मंगलबार सञ्चालन हुँदैछ ।
नगरपालिका एवं सो मातहतका विभिन्न कार्यालयहरुबाट प्रदत्त सेवा प्रवाह, विकास निर्माण, दैनिक कार्यसम्पादन तथा अन्य सार्वजनिक महत्वका विषयहरूमा प्रतिवेदन प्रस्तुत गर्दै सर्वसाधारणको सुझाव एवं प्रतिक्रिया संकलन गर्ने साथै नागरिकहरुको चासो र गुनासोहरु उत्तरित गर्ने उद्देश्यले सुनुवाइ हुन लागेको हो ।

कार्यक्रममा सहभागिताका लागि नगरका सम्पूर्ण राजनीतिक दल, संघसंस्था, शैक्षिक तथा स्वास्थ्य संस्था, सुरक्षा निकाय, टोल सुधार समिति, योजना उपभोक्ता समिति, पत्रकार, उद्योग–व्यवसायिक संघसंस्था र सबै सरोकारवाला तथा नगरवासीलाई माडी नगरपालिकाले सार्वजनिक अनुरोध गरेको छ ।

स्वदेश एफ.एम.को सहजिकरणमा सञ्चालन हुन लागेको सो सार्वजनिक सुनुवाइ कार्यक्रम मध्यान्ह १२ः१५ बजे सुरु हुनेछ । कार्यक्रमको प्रत्यक्ष प्रशारण स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज, सामुदायिक रेडियो स्वदेश प्लस १०२.१ एफ.एम., स्वदेशपोष्ट अनलाइन र अन्य स्थानीय मिडिया एवं सामाजिक सञ्जालहरूबाट हुनेछ । (फाइल फोटो)

