चितवन खबर पोष्ट

त्रिशुली नदी किनारमा उत्खननका क्रममा दुर्घटनाग्रस्त गणपति डिलक्स बसबाट मानव कङ्काल फेला

१२ माघ, माडी । त्रिशुली नदी किनारमा उत्खननका क्रममा दुर्घटनाग्रस्त गणपति डिलक्स बसबाट मानव कङ्काल फेला परेको छ। डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको बसको अवशेष निकाल्ने क्रममा उत्खननको १६औँ दिन कङ्काल भेटिएको हो।

जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीका अनुसार बसको अगाडिको भागको एउटा खपेटोमा कङ्काल फेला परेको हो। चितवनबाट आएको चिकित्सक टोलीले कङ्काल संकलन गरेको छ। बस सिंगो रूपमा ननिक्लिएपछि टुक्रा पारेर निकाल्ने काम भइरहेको छ र पछाडिको भाग निकाल्ने तयारी भइरहेको जनाइएको छ।

उक्त बस २०८१ असार २८ गते चितवनको भरतपुर–२९ सिमलतालबाट त्रिशुली नदीमा खसेका दुई बसमध्ये एक हो। ती बसमा सवार ६५ यात्रुमध्ये तीन जना मात्र जीवित उद्धार भएका थिए। दुर्घटनामा माडी-१ भंगेताका युवा फोटोग्राफर विकास परियार पनि दुःखद् मृत्यु भएको थियो । (इन्सेटमा कंकालको सांकेतिक फोटो)

तपाईको प्रतिक्रिया