चितवन खबर पोष्ट

राप्रपा उम्मेदवार थापाद्वारा विकास र कानुन निर्माणका विषय संसदमा उठाउने प्रतिबद्धता (भिडियो)

२३ माघ, माडी । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवन क्षेत्र नं. ३ का उम्मेदवार दिपक थापामगरले विकास, निर्माण र कानुन निर्माणका विषय संसदमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

हाल भरतपुर क्षेत्रको चुनाबी घरदैलोमा रहनुभएका राप्रपा भरतपुर महानगर अध्यक्ष थापाले नारायणी तटबन्धन, रिङरोड, मेस जाली तथा ठिमुराघाट पुलजस्ता पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राख्ने बताउनुभयो । साथै जंगली जनावरबाट किसानले भोग्दै आएको समस्या समाधान गर्न सरकारसँग पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

आफू विक्रम पाण्डेको विकास अभियानबाट प्रभावित भएर राजनीतिमा प्रवेश गरेको र यसै क्रममा युवक संगठनको उपाध्यक्ष हुँदै भरतपुर महानगर अध्यक्षसम्मको राजनीतिक यात्रापछि प्रतिनिधिसभा उम्मेदवार बन्ने अवसर पाएको उहाँले उल्लेख गर्नुभयो ।

थापामगरले राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आचारसंहिता पालना गर्दै माइक प्रयोग नगरी घरदैलो अभियान सञ्चालन गरिरहेको दाबी गर्नुभयो । अन्य दलहरूले आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै उनले राप्रपा मात्रै नियम–कानुनको दायरामा रहेर चुनावी प्रचारमा लागेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया