चितवन खबर पोष्ट

प्रदेश विशेष अनुदानबाट माडी न.पा.ले बघौंडा अस्पतालमा ब्लड बैंक र डायलाइसिस सेवा सञ्चालन गर्ने

२८ फागुन, माडी । माडी नगरपालिकाले प्रदेश विशेष अनुदानबाट बसन्तपुरस्थित बघौंडा अस्पतालमा ब्लड बैंक स्थापना गर्ने र मृगाैला पीडित बिरामीहरूका लागि डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ ।

बुधबार सम्पन्न ६५औं कार्यपालिका बैठकले बागमती प्रदेश सरकारको विशेष अनुदानबाट बघौंडा अस्पतालको सुदृढीकरण अन्तर्गत ब्लड बैंक तथा डायलाइसिस सेवा सञ्चालनका लागि आवश्यक सामग्री खरिद गर्ने योजना अघि सारेको हो ।

त्यसैगरी, विशेष अनुदान अन्तरगत नै माडी–९, हनुमानझुलास्थित सगरमाथा माध्यमिक विद्यालयमा सौर्यऊर्जा सहितको विज्ञान प्रयोगशाला तथा कम्प्युटर ल्याब स्थापना गर्ने योजना समेत चयन गरेको माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।

यसबाहेक, सो बैठकले बागमती प्रदेश सरकारको सहयोग र माडी नगरपालिकाको लागत साझेदारीमा, माडी–४, सिधुवा चोकमा निर्माण हुने सूचना प्रविधिमा आधारित कृषि उपज संकलन केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डि.पि.आर.) स्वीकृत गर्ने निर्णय समेत गरेको उपमेयर खेमप्रसाद महतोले बताउनुभयो ।

तपाईको प्रतिक्रिया