चितवन खबर पोष्ट

माडीका निवृत्त शिक्षक यमनाथ पौडेलले स्कूलबाट बिदाई हुँदैगर्दा शैक्षिक अक्षयकोष स्थापित

२८ फागुन, माडी । जीवनको लामो कालखण्ड शिक्षण सेवामा व्यतित गर्दै हालै निवृत्त हुनुभएका माडीका शिक्षक यमनाथ पौडेलले स्कूलबाट बिदाई हुँदैगर्दा शैक्षिक अक्षयकोष स्थापना गर्नुभएको छ ।

माडी-६, स्याउलीबासस्थित शिशु कल्याण आधारभूत विद्यालयमा प्रधानाध्यापक पदबाट निवृत्त हुनुभएका शिक्षक पौडेलले बिहीबार विद्यालयमा सम्पन्न बिदाई तथा सम्मान कार्यक्रमबिच ५० हजार ५५५ रुपैंया राशीको शैक्षिक अक्षयकोष स्थापना गर्नुभएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चूडामणि पाण्डेको अध्यक्षतामा सम्पन्न बिदाई तथा सम्मान कार्यक्रममा माडी–६ का वडाध्यक्ष दीपेन्द्रराज पौडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमका विद्यालयको शैक्षिक विकास र व्यवस्थापनमा निवर्तमान प्रधानाध्यापक पौडेलले पुर्‍याएको योगदानको कदरसहित अबीर, माला र दोसल्लाबाट सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक डिलबहादुर गायकले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया