२८ फागुन, माडी । माडी नगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि वडा नं. ६ मा फोहरमैला प्रशोधन केन्द्र सञ्चालन हुने भएको छ । बुधबार सम्पन्न ६५औं कार्यपालिका बैठकले सो वडा अन्तरगत रामरान्यपुर (माथिल्लो ब्रह्मपुरी पारीपट्टीको क्षेत्र)मा रहेको १ बिगाहा बढी क्षेत्रफलको सार्वजनिक जमीन छनौट गरेको हो ।
पालिकाले देशकै नमुना योजना समेत बन्न सक्नेगरी फोहोरमैला बर्गिकरण सहितको कलेक्ट एण्ड पे मोडेलबाट फोहोरमैला व्यवस्थापनको काम सुरुवात गर्न लागेको नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले बताउनुभयो ।
त्यसैगरी, बैठकले पुराना घरहरुको दर्ता अभिलेखन कार्यको समयसीमा आउँदो असार मनान्तसम्म बढाउने निर्णय गरेको छ । यसबाहेक गैंडाको आक्रमणबाट मृत्यु भएका माडी–६ निवासी बालकृष्ण भट्टराईको परिवारलाई २ लाख रुपैंया राहत दिने लगायतका १४ वटा निर्णयहरु गरिएको पनि प्रमुख प्रशासकीय अधिकृत भुसालले जनाउनुभयो ।




