१० चैत, माडी । दाँतको निःशुल्क परीक्षण, सफाई र उपचार सेवा सहितको ३ दिने बृहत् निःशुल्क दन्त स्वास्थ्य शिविर माडीको बरुवा बजार नजिकै चितई गिर्जाघर (चर्च)मा सुरु भएको छ ।
शिविरको पहिलो दिन मंगलबार १०० बढी बिरामीहरुले दाँत झिक्ने, दाँत भर्ने, दाँत सफा गर्ने र दाँतसम्बन्धी समस्याहरुको निःशुल्क उपचार पाएका छन् । माडी–२ का वडाध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता डण्डपाणी पौडेलको प्रमुख आतिथ्यमा शिविरको सुरुवात भएको हो ।
बनेपास्थित नेपाल हेल्थ एजुकेशन एण्ड वेलफेयर सर्भिसेस नामको संस्थाको आयोजनामा आउँदो चैत १२ गते विहिबारसम्म चल्नेगरी सो शिविरको आयोजना भएको हो । वेवप्वाइन्ट नेपाल प्रा.लि.ले मुख्य सौजन्य गरेको सो शिविरमा विशेषज्ञ दन्त चिकित्सक डा. कृष्ण पाण्डे लगायतको टिमले उपचार एवं परामर्शको राम्रो सेवा दिएको देखिएको थियो ।




